गुल्मीमा घर भत्किँदा एक बालकको मृत्यु, ५ जना जना घाइते

काठमाडौं, साउन १२ । गुल्मीको थापचौरमा घर भत्किँदा एक बालकको ज्यान गएको छ । अन्य ५ जना घाइते भएका छन् ।

कालिगण्डकी गाउँपालिका– ७ को थापचौरमा लगातारको वर्षाका कारण घर भत्किँदा १३ वर्षका चुन्ने परियारको ज्यान गएको प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले जानकारी दिए ।

राति २ बजेतिर घर भत्किएको र अहिले प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्