रसुवाबाट १ अर्ब २३ करोड रुपैयाँ बजेट फिर्ता आयो, खर्च किन हुन सकेन ?

काठमाडौं, साउन ११ । रसुवाबाट आर्थिक वर्ष २०७५र७६ मा जिल्लाबाट १ अर्ब २३ करोड ३० लाख ३ हजार ५ सय ६६ रुपयाँ बजेट फिर्ता भएको छ ।

फिर्ता हुनेमा भूकम्पपछिको पुनर्निर्माणका लागि आएको बजेट बढी छ । जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार र जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) आएको बजेट खर्च हुन नसकेको हो ।

आर्थिक वर्ष २०७५र७६ का लागि संघ तथा प्रदेशबाट ४ अर्ब २६ करोड २ लाख ६९ हजार ३ सय ८० रुपयाँ आएको थियो । जसमध्ये ३ अर्ब २ करोड ७२ लाख ६५ हजार ८ सय १४ रुपयाँ खर्च भएको छ ।

संघअन्तर्गत पूँजीगततर्फ आएको ५५ करोड ८४ लाख ३२ हजारमध्ये ४२ करोड ४० लाख ३७ हजार ४ सय ५७ रुपयाँ खर्च भएको छ । त्यसैगरी चालुतर्फ आएको ३ अर्ब ३३ करोड २५ लाख ३८ हजार ९ सय ८० रुपयाँमध्ये २ अर्ब ४३ करोड ३६ लाख ६८ हजार ६ सय ३३ रुपयाँ खर्च भएको छ । संघअन्तर्गतका कार्यालयको चालुतर्फ ७३ प्रतिशत र पूँजीगततर्फ ७५.९ प्रतिशत खर्च भएको छ ।

प्रदेशअन्तर्गत पूँजीगततर्फ आएको २९ करोड ३१ लाख ९३ हजार ९ सय रुपयाँमध्ये १० करोड ५४ लाख ३६ हजार १ सय ९६ रुपयाँ मात्रै खर्च भएको छ । त्यसैगरी चालुतर्फ आएको ७ करोड ६१ लाख ४ हजार ५ सयमध्ये ६ करोड ४१ लाख २३ हजार ५ सय २८ रुपयाँ खर्च भएको छ ।

प्रदेश न्तर्गतको कार्यालयको चालुतर्फ ८४.२५ प्रतिशत र पूँजीगततर्फ ३५.९६ प्रतिशत खर्च भएको छ ।

जिल्लामा विकास निर्माणमा काम गर्ने कार्यालय नहुनु, बजेट ढिलो आउनु तथा आर्थिक वर्षको अन्त्यतिर मात्रै कार्यक्रम आउने कारण रकम खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रकको कार्यालय रसुवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्