राजदूत आचार्य र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता, भारतीय राष्ट्रपतिको भ्रमणबारे छलफल
काठमाडौं, साउन ११ । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय विदेशमन्त्री एस जयशंकरसँग् भेटवार्ता गरेका छन् ।
भटेमा नेपाल र भारतबीचको द्विपक्षीय मुद्दा, उच्चस्तरीय भ्रमण र आपसी चासोका विषयमा छलफल भएको छ ।
परराष्ट्र मन्त्रालयले भारतसँग संयुक्त आयोगको पाँचौ बैठकका लागि ताकेता गरिरहेको अवस्थामा भेट भएको हो । जयशंकारले आयोगको बैठक केही समय पछिका लाग राखेको बताइएको छ ।
भेटमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दको नेपाल भ्रमणका विषयमा पनि छलफल भएको अधिकारीहरुले बताएका छन् ।
कोविन्द साउनमा नै नेपाल आउने भनिएपछि एक महिना ढिलो गर्ने गरी कार्यक्रम अघि बढेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्