प्रदेश ५ लोकसेवा आयोगको अध्यक्षमा भट्टराई सिपारिस

काठमाडौँ । प्रदेश ५ लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराई सिफारिस भएका छन् ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा रहेको तीन सदस्यीय समितिले भट्टराईलाई प्रदेश लोकसेवा आयोगको अध्यक्षमा सिफारिश गर्ने निर्णय गरेको हो ।

सन्धिखर्क नगरपालिका वडा नम्बर १० अर्घाखाँचीका स्थायी बासिन्दा भट्टराई महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभाग प्रमुख हुन् ।

प्रदेश लोकसेवा आयोग गठनका लागि मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्ष दलको नेता रहेको सिफारिश समिति रहने प्रदेश लोकसेवा आयोग ऐनमा व्यवस्था छ ।

समितिको सिफारिशको आधारमा प्रदेश लोकसेवा आयोगको अध्यक्षलाई प्रदेश प्रमुखले नियुक्ति गर्ने व्यवस्था प्रदेश लोकसेवा ऐनमा छ ।

प्रतिक्रिया दिनुहोस्