लागूऔषध पूर्ण नियन्त्रणका लागि अब छिट्टै सबै प्रदेशमा परामर्श केन्द्र हुन्छ : आईजीपी

काठमाडौं, साउन १० । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले लागूऔषधको पुर्ण नियन्त्रणका लागि सबै प्रदेशमा छिट्टै परामर्श केन्द्रको व्यवस्था गर्ने घोषणा गरेका छन् ।


शुक्रबार काठमाडौंमा आयोजित ‘सडक सुरक्षा र लागू औषध नियन्त्रण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा खनालले यस्तो बताएका हुन् ।
खनालले सडक सुरक्षा र लागूऔषध नियन्त्रणका लागि नेपाल प्रहरी क्रियाशील रहेको दाबी पनि गरे ।

लागू औषधको सेवनबाट हुने सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीले गृह मन्त्रालयको सहकार्यमा सबै प्रदेशमा सो सम्बन्धी २–२ वटा परामर्श केन्द्र स्थापना गर्ने तयारी गरेको उनले जनाकारी दिए ।

खनालले सडक सुरक्षा र लागू औषध नियन्त्रण गर्ने नेपाल प्रहरीको अभियानमा साथ पनि नागरिक समाजका अगुवाहरुलाई आग्रह गरेका छन्
लागू औषधको दूव्र्यसनीका कारण पनि सडक दुर्घटना बढ्ने काम भइरहेको उल्लेख गर्दै त्यसलाई त्रियन्त्रण गर्न प्रभावकारी कदम चाल्न पनि प्रहरीहरुलाई खनालले सचेत गराए ।

प्रहरी महानिरीक्षक खनालले मादक पदार्थ सेवनका कारण हुने सडक दुर्घटना भने न्यूनिकरण हुँदै गएको दाबि गरे


दुर्घटनाको अर्काे कारणको रुपमा रहेको लागू पदार्थ सेवनलाई नियन्त्रण गर्न लागि पर्ने प्रतिवद्धता पनि खनालले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्