फेरि आकासियो बजारमा तरकारीको मूल्य, आम उपभोक्ता मर्कामा

काठमाडौं, साउन १० । फेरि तरकारीको मुल्य आकासिएको छ । बाढी पहिरोको कारण देखाउँदै व्यापारीले तरकारीको मुल्य अचाक्ली बढाएका छन्।

डुबानले तराइको तरकारी खेतमै नष्ट भएको र पहाडी जिल्लाबाट आयात हुन नसकेपछि व्यापारीले मुल्य तीन गुणाले बढाएका हुन्।

व्यापारीले मुल्य बढ्नुको कारण भारतीय तरकारीको बिषादी परीक्षण र भीसीटिएसको किचलोलाई पनि देखाएका छन् ।

दुइ साता अघिसम्म ५०र६० रुपैँयाका प्रतिकिलोमा पाइने टमाटर अहिले १२० देखि १५० रुपैँया सम्म पुगेको छ।

एक मुठ्ठा सागको ५०र६० रुपैया छ। सिमी २ सय रुपैँया प्रतिकेजी छ। बोडी प्रतिकेजी १६० रुपैँया छ। परबर र तीते करेला १ सय रुपैँया प्रतिकेजी छ।काँक्रो १५० रुपैँया छ। भिण्डी र तिते करेला १२०, काउली १५० र हरियो खुर्सानी १६० रुपैँया प्रतिकिलो छ।

सिमला मिर्च १६०,लौका ८० र घिरौला १ सय रुपैँया किलो छ। आलुको मुल्य खासै बढेको छैन। प्याज ५० रुपैँया प्रतिकिलो छ। अदुवा र लसुनको मुल्य पनि अत्यधिक बढेको छ। लसुन ८० रुपैयाँ पाउ र अदुवा ६० रुपैँया पाउ छ।

बर्षाका कारण तरकारीको माग र आपुर्तिमा तालमेल नमिल्दा मुल्य बढेको व्यापारीहरुको भनाइ छ।

उपभोक्ताले तिर्ने मुल्य अत्यधिक बढाइएको भएपनि किसानले भने त्यस अनुसारको भाउ पाएका छैनन्। तरकारी आयात कम भएको भन्दै बिचौलीया व्यापारीले आफुखुसी मुल्य बढाएका हुन।

बुटवलको हाट बजारमा तरकारी व्यापार गर्दै आएका डोरबहादुर घर्तीले बिचौलीयाबाटै महंगो तिरेर किन्नु पर्ने भएकाले बिक्रि मुल्य सोही अनुसार राखिएको बताए।

किसानबाट सस्तोमा खरिद गरिएको भए पनि आम उपभोक्ताले खरिद गर्ने बजार तथा पसलहरुमा तरकारीको मुल्य भने यति बेला आकासिएको छ। तरकारी बजारको यो महँगीले आम उपभोक्ता मर्कामा परेका छन्।
कतिपय ब्यापारीले त आफु खुशि पनि भाउ बढाउने गर्दछन् ।

जुन भाउ बजारमा छ अहिले त्यसको दोब्बर तथा देब्बर ले तरकारी बेचिरहेका हुन्छन् । यसमा सम्बन्धित निकायले पनि चासो दिन र अनुगमन गर्द आवश्यक रहेको उभोत्ताको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्