सुनको मूल्य सामान्य बढ्यो, चाँदी भने स्थिर

काठमाडौं,११ पुस । बिहीबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज सुनको तोलामा मूल्य ६०० रुपैयाँ बढको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहिबार चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी बुधबारको बजारमा कायम मूल्यलाई नै आधार मानेर कारोबार हुने भएको हो । चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्