विषालु च्याउ खाँदा रुपन्देहीमा २ परिवारका १६ जना बिरामी
काठमाडौं, साउन १० । विषालु च्याउ खाँदा रुपन्देहीमा २ परिवारका १६ जना बिरामी परेका छन् । जथाभावी रुपमा उम्रिएको विषालु च्याउ खाँदा उनीहरु बिरामी परेका हुन् ।
जिल्लाको रोहिणी गाउँपालिका १ चनुली र सम्मरीमाई गाउँपालिका ५ थुमुवा पिपरहवाका दुई परिवारका १६ जना बिरामी अहिले भैरहवा भीम अस्पतालमा उपचारत गराइरहेका छन्। बिरामी हुनेमा बालबालिकादेखि वृद्धासम्म छन्।
जथाभावी रुपमा उम्रिएको च्याउमा विषादी हुने अत्याधिक सम्भावना भएकोले त्यस्तो च्याउ उपभोग नै गर्न नहुने डा. पन्थीको सुझाव छ।जथाभावी उम्रिएको च्याउ खाँदा मानिसको मृत्यु हुने गर्दछ।
यसरी जथाभावी उम्रिउको च्याउ खाँदा बिरामी संगसंगै कतिपयको ज्यान समेत जाने गरेको छ ।
कस्तो खालको च्याउ हो भनेर पहिचान गरेर मात्रै खाना डाक्टरले सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्