जावलाखेलको तरकारी बजारमा डोजर चल्यो, किन ?

काठमाडौं, साउन १० । ललितपुरको जावलाखेलस्थित तरकारी बजारमा डोजर चलाएको छ । स्टाफ कलेज नजिक सडक किनारमा बनाइएका ५२ वटा टहराहरुमा डोजर लगाएर भत्काइएको हो ।

डोजर लगाउनुअघि जिल्ला प्रशासन कार्यालयले दिएको तीन दिनको समयभित्र पसलवालाले आफ्ना सबै सामान सारिसकेका थिए ।

सार्वजनिक जग्गा ओगटेर अव्यवस्थित तरिकाले पसलहरु खोलिएकाले हटाइएको प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताए ।

‘हामीले सात(आठ वर्ष पहिलेदेखि नै हटाउने प्रयास गर्दै आएका थियौं । उनीहरुलाई पसल छाड्न चेतावनी पनि दिएका थियौं र पछिल्लो समय तीन दिनको समय दिएर भत्कायौं,’ जोशीले भने ।

ती पसलहरु करिब २० वर्ष अगाडिदेखि सञ्चालित थिए र, प्रत्येक पसलबाट जावलाखेल युथ क्लबले भाडा उठाउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्