पूर्व राजा शाहले भारतीय रअ का प्रमुखलाई नभेटेको प्रट्याए

काठमाडौँ, १० असार । पूर्व राजा ज्ञानेन्द्र शाहले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखलाई नभेटेको प्रट्याएका छन् ।

पूर्व राजा शाहले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखलाई भेटेको कुरा सञ्चारमाध्यममा आएपछि पूर्व राजा शाहका सचिव डा. फणिराज पाठकले एक विज्ञप्ति निकाल्दै प्रट्याएका हुन् ।

‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट मध्यरातमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेको भन्ने केही अनलाईन पत्रिकाहरूमा छापिएका खबर पूर्णतया झूठो भएको जानकारी गराउन चाहन्छु ।’ जारी विज्ञपीतमा लेखिएको छ ।

साथै विज्ञप्तिमा यस्ता कपोकल्पित समाचारले राष्ट्रको गरिमा घटाउने र नेपालीको सम्मानमा ठेस लाग्ने उल्लेख समेत गरको । ‘यस्ता कपोलकल्पित, मनगढन्ते र राष्ट्रको गरिमा घटाउने समाचारहरूले नेपाल र नेपालीको गर्व र सम्मानमा ठेस लाग्ने भएकोले यस्ता समाचार सम्प्रेषण गरेर पत्रकारिताकोे दायित्व नबिर्सन अनुरोध गर्दछु,’ पूर्व राजा शाहका तर्फबाट जारी विज्ञप्तिमा उल्लेख छ । पूर्वराजा ज्ञानेन्द्र शाह मात्र होइन प्रधानमन्त्री केपी शार्मावलीलाई पनि भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखलाई भेटेको कुराले चर्चा पाएको छ । प्रधानमन्त्रीले पनि ‘रअ’ लाइृ नभेटेको कुरा बताउँदै आएको छन् ।

प्रतिक्रिया दिनुहोस्