३ मन्त्रालयमा अधिकृतस्तरको एक हजार अस्थायी दरबन्दी स्वीकृत, थप मन्त्रिपरिषद्का २० निर्णय यस्ता छन् (सूचीसहित )

काठमाडौं , साउन ९ । सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् निर्णय सार्वजनिक गरेका हुन्।

सरकारले विभिन्न ३ मन्त्रालयमा शाखा अधिकृत र सो भन्दा माथिको ९ सय ८९ वटा अस्थायी दरबन्दी थप गरेको छ ।

मन्त्रिपरिषद बैठकले खानेपानी, वन र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयमा गरी राजपत्रांकित श्रेणीको ८ सय ८९ वटा दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाका अनुसार खानेपानीमा २१३, वनमा ५० र श्रम तथा सामाजिक सुरक्षामा ७२६ वटा दरबन्दी थप गरेको हो । चालु परियोजना छिटो सम्पन्न गर्नका लागि अस्थायी कर्मचारीको दरबन्दी थप गरेको उनले जानकारी दिए ।

थप निर्णय यस्ता छन्

प्रतिक्रिया दिनुहोस्