गुल्मीमा पहिरोमा पुरिएर मृत्यु भएका १२ जनाको शव निकालियो, अझै एक बेपत्ता

काठमाडौं, साउन ९ । गुल्मीमा पहिरोमा पुरिएर ज्यान गुमाएका १२ जनाको शव निकालिएको छ भने अझै एक जना बेपत्ता भएका छन् । सत्यवती गाउँपालिकामा सोमबार राति गएको पहिरोमा पुरिएर ज्यान गुमाउनको संख्या १२ पुगेको छ ।

पहिरोमा पुरिएकी लिम्घाकी ८ वर्षीय तारा विक भने अझै बेपत्ता छिन् । पहिरोमा पुरिएर घाइते भएका सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेककी १३ वर्षीया धनी तरामु र १० वर्षीया करिश्मा तरामुको उपचारको लागि बुधबार बेलुका नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ लगिएको छ । उनीहरुको त्रिवि शिक्षण अस्पताल काठमाण्डौमा उपचार भैरहेको छ ।

पहिरोमा पुरिएर बेपत्ता भएका १३ जनामध्ये बिहीबार बिहानसम्म १२ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्