महालक्ष्मी विकास बैंक ‘बीपीए अवार्ड २०१८’ पाउन सफल

काठमाडौं, साउन ८ । महालक्ष्मी विकास बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड २०१८ हासिल गर्न सफल भएको छ ।

बैंकले नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय आइक्यानको ‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड २०१८’ समारोहमा विकास बैंकतर्फ प्रथम स्थान प्राप्त गरी सो अवार्ड हासिल गर्न सफल भएको हो ।

उक्त समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई सो अवार्ड प्रदान गरेका थिए ।

बैंकले पाएको यस सफलताको श्रेय बैंकका ग्राहकवर्ग, नियमक निकाय, शुभचिन्तक एवं शेयरधनीहरुलाई दिंदै आगामी दिनहरुमा पनि यस्तै सफलता र भरोसाको आशा बैंकको छ ।

प्रतिक्रिया दिनुहोस्