मौद्रिक नीति सार्वजनिक, अब बैँकमा सुन राख्दा पनि ब्याज


काठमाडौँ, साउन ८ । नेपाल राष्ट्र बैंकका गभर्नर चिरिञ्जिवी नेपालले २०७६ सालका लागि नेपालको मौद्रिक नीति बुधबार सार्वजनिक गरेका छन्।
अर्थतन्त्रको नीतिगत व्यवस्थाबारे मौद्रिक नीतिमा उल्लेख हुन्छ।

गभर्नर नेपालले जारी गरेको मौद्रिक नीतिअनुसार अब बैंकमा सुन चाँदी राख्दा पनि ब्याज पाइने भएको छ। नेपाल राष्ट्र बैंकले पैसाबाहेक सुनचाँदी राखेर पनि ब्याज पाउन नितिगत व्यवस्था गर्ने भएको हो।

गभर्नर नेपालले बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै सुनचाँदी बैंकमा जम्मा गरेर ब्याज आर्जन गर्न सकिने ब्यवस्था गर्न लागिएको जानकारी दिए।

एक करोड भन्दा बढी कर्जा कर्जा प्रवाह गर्दा स्थायी लेखा नम्बर लिनुपर्नेमा यसलाई घटाएर ५० लाखमा झारिएको छ । चालू आवको मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो । अहिले मौद्रिक नीति गर्भनर चिरञ्जिवी नेपालले पढिरहेका छन् ।

त्यस्तै बैंक तथा वित्तिय संस्थाले ऋण प्रवाह गर्दा आधार दरमा २ प्रतिशत थप ब्याजबाहेक कुनै शुल्क लिन नपाउने व्यवस्था मौद्रिक नीतिले गरेको छ । समय अगावै अग्रिम भुक्तानी सेवा लिन नपाउने लगायत कुनै पनि कुनै शुल्क लिन पाइने छैन ।

प्रतिक्रिया दिनुहोस्