वाम युवा विद्यर्थीको सरकार र आयोगविरुद्ध जाराबाजी, भोलि ११ बजे आयल निगम घेराउ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा र निर्वाचन आयोगलाई समानुपातिक निर्वाचनको परिणाम सार्वजनिक गन माग गर्दै वाम गठबन्धन अन्तर्गतका युवा र विद्यार्थी संगठनले नारा जुलुस गरेको छ ।
बुधबार बिद्यार्थी र युवाहरुले सरकारबिरुद्धको नारावाजीसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनीमार्गबाट सुरु भएको जुलुस पुतलीसडक, बागबजार हुँदै रत्नपार्कको आकाशे पुतलमुनि पुगेर कोणशभामा परिणत भएको छ ।

 

एमाले सम्बद्ध युवा संघ र अनेरास्ववियु तथा नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारी र वाईसीएलका नेता कार्यकर्ता प्रदर्शनमा सहभागी थिए । कोणसभालाई चारै संगठनका केन्द्रीय नेताले सम्बोधन गरिरहेका छन् ।

इन्धनमा गरिएको मूल्यबृद्धि लगायत सरकारबिरोधी प्रदर्शनका क्रममा हिजो भएको झडपमा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तोलासहित दर्जनबढी नेता कार्यकर्ता घाइते भएका थिए ।

त्यसैको बिरोधमा आज देशभर प्रदर्शन गर्ने कार्यक्रम अनुसार सबैतिर बिरोध प्रदर्शन भइरहेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीले राजीनामा र निर्वाचन आयोगले समानुपातिकको मतपरिणाम सार्वजनिक नगरेसम्म आन्दोलन जारी रहनेछ । भोलि ११ बजे आयल निगम घेराउ कार्यक्रम समेत रखिएको छ ।

प्रतिक्रिया दिनुहोस्