निर्माता छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं, साउन ८ । निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पूर्जी जारी भएको पुष्टि गरे ।

पछिल्लो समय यो विषयले मिडिया तथा समाजिक संन्जालमा निकै चर्चाको विषय बनेको छ । अभिनेत्री शिल्पा पोख्रेल संग ३ बर्ष अगाडी ओझाले चौथो विवाह गरेका थिए ।

नायिका शिल्पा पोखरेलले आफु माथि घरेलु हिंसा भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् र उनी डिबोर्स गर्ने तयारीमा भइरहेकै बेला प्रहरुले उनीहरुलाई समात्न आदेश दिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्