रमिला न्यौपानको यस वर्षको उत्कृष्ट तीज गीत ‘पशुपतिमा’ सार्वजनिक (भिडियोसहित )

काठमाडौं, साउन ८ । सधैँको वर्ष झै यस वर्ष पनि गायिका रमिला न्यौपानले तीजलाई लक्षित गर्दै मनछुने मौलिक तिजको कोसेली बजारमा ल्याएकछिन् ।

यस वर्षको तीजलाई लक्षित गर्दै नयाँ गीत ‘पशुपतिमा’ उनले बजारमा ल्याएकी हुन् । ‘पशुपतिमा’ बोलको गीतमा उनलाई गायक खुमन अधिकारीले साथ दिएका छन् ।

गीतमा न्यौपानेका साथै बन्दना पाण्डे, साया पाण्डे र राजेन्द्र बाजुरालीले पनि स्वर दिएका छन् ।

बाबुराम बोहराको शव्द रहेको गीतको संगीत खुमन अधिकारीको रहेको छ भने म्युजिक भिडियोमा सुरक्षा पन्त र खुमन अधिकारीले दममार नृत्य देख्न सकिन्छ । गीत सनराइज म्युजिकले भर्खरै मात्र बजारमा ल्याएको हो ।

अहिले सम्म गायिका न्यौपानेले १५० भन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । जसमा १४ वटा लोकसंगीतका एल्बम बजारमा ल्याइसकेकी छन् । उनका हरेक गित दर्शकले मन पनि पराउदैँ आएका छन् ।

प्रतिक्रिया दिनुहोस्