२०७६/०७७ को मौद्रिक नीति ४ बजे, सहुलियत दिएर बिग मर्जर

काठमाडौं, ८ श्रावण । नेपाल राष्ट्र बैकका गभर्नर डा. चिरञ्जिबीले पहिलो मौद्रिक नीतिमा चार गुणाले चुक्ता पूँजी बढाउने नीति ल्याएका गभर्नर नेपालले कार्यकाल सकिनै लाग्दा बिग मर्जर मार्फत बाणिज्य बैंकहरुको संख्या घटाउने नीति लिएका छन् ।

गभर्नर नेपालले बाणिज्य बैंकहरुको संख्या घट्ने गरी २०७६/०७७ को मौद्रिक नीति तयार पारेका छन् । आज दिउँसो ४ बजे होटल र्याडिसनबाट बिग मर्जर नीति घोषणा गर्दैछन् ।

गभर्नरले लघुवित्त संस्थाहरुलाई गाभ्ने नीति पनि ल्याउँदैछन् । बिग मर्जरका लागि गभर्नरले केही आकर्षक सहुलियत प्याकेज पनि घोषणा गर्ने छन् ।

बाणिज्यहरु मर्जरमा गए दुई बर्षसम्म ब्याजको स्प्रेड पाँच प्रतिशतसम्म कायम गर्न सकिने नीति ल्याउन लागिएको छ । स्रोतहरुका अनुसार प्रमुख कार्यकारी, डेपुटी प्रमुख कार्यकारी र सञ्चालकहरुको कुलिङ पिरियडमा छुट दिइने छ । राष्ट्र बैंकले एक बर्षभित्र मर्जरमा जाने बैंकहरुलाई मात्र यो सुविधा उपलब्ध गराउने छ । राष्ट्र बैंकले साढे ८ प्रतिशतको आर्थिक बृद्धिलाई सहयोग पुर्याउने गरी कर्जा नीति अख्तियार गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्