गृह सचिव राई भन्छन् -विप्लव समूहरु मूलधारमा आए मात्र देशमा पूर्ण शान्ति हुन्छ

काठमाडौं , साउन ७ । विप्लव समूह मूलधारमा आएपछि मात्र पूर्ण शान्ति कायम हुने गृहका अधिकारीको भनाइ छ ।

गृह मन्त्रालयले देशको शान्ति सुरक्षाको अवस्था सुधारोन्मुख रहेको दाबी गरेको पनि गरेको छ ।


मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह सचिव प्रेमकुमार राईले भने, ‘हामीले विगतभन्दा बेटर मात्र भनेका छौं । पूर्ण शान्ति बनाउन भूमिका खेल्नुपर्छ । विप्लव समूहहरु जब मूलधारमा आउनुहुन्छ, त्यसपछि मात्र शान्ति सुरक्षाले पूर्णता पाउँछ । हामी त्यसतर्फ लागिरहेका छौं ।’

उनले अध्यागमन क्षेत्रमा पनि विगतभन्दा धेरै सुध्रिएको दाबी गरे । साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच विमती पनि नरहेको सचिव राईले बताए । देशको शान्ति सुरक्षाका लागि आफहरु लगि परेको उनले बताए ।

विप्लवले जताततै अशान्ति फैलाएकाले शान्ति सुरक्षामा केहि खलल भइरहेको उनको भनाइ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्