धादिङ्गमा बस र माइक्रोबस ठोकिंदा १३ जना घाइते

काठमाडौं, ६ असार । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका (१ खयरघारीमा बस र माइक्रो ठोकिंदा माइक्रोबस खोलामा खस्दा १३ जना घाइते भएका छन् ।

काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख २१३४ नम्बरको बसले चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ५ ख ३१५१ नम्बरको माइक्रोलाई सोमबार बिहान सवा ८ बजेतिर ठक्कर दिएको थियो । माइक्रो बस सडकबाट करिब २५ मिटर तल चिसापानी खोलामा खसेको छ ।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी बताए ।

खड्काका अनुसार बस चालक नवलपरासीको बर्दघाट नगरपालिका (७ बस्ने २३ वर्षीय अंकित रेग्मीलाई इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ । तर बोटामो भने अवरोध नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्