छवि-शिल्पा केसमा फेरि आयो अर्को नयाँ मोड, गरिन् जेठी श्रीमतीले दुवैविरुद्ध वहुविवाहको मुद्दा दर्ता

काडमाडौं, साउन ५ । निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको डिभोर्सको चर्चामा नयाँ मोड आएको छ । निर्माता ओझाकी जेठी पत्नी हेमा ओझाले बहुबिबाहको उजुरी दिएसँगै नयाँ मोड आएको हो ।

दुवै बिचको विवाद चर्किएको बेला ओझा विरुद्ध अर्को उजुरी परेको छ। ओझाकी जेठी श्रीमती हेमा ओझाले बहुबीवहाको मुद्धा दर्ता गराएकी छिन्।
उनले ओझा र शिल्पा पोख्रेल विरुद्ध वहुविवाहको मुद्दा दर्ता गराएकी हुन्।

हेमाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा दुई विरुद्ध वहुविवाहको मुद्धा दर्ता गराएकी हुन्। उनले यसअगाडी आफुले कुनै प्रमाण नभेटेको र अहिले आफु प्रमाणसहित दुवैलाई मुद्धा दायर गरेको बताएकी छिन्।

बाघ निर्माताको रुपमा परिचित रहेका छविराज ओझा आफ्नो चौथो विहे अन्त्य हुने अवस्थामा रहेका छन् । अभिनेत्री शिल्पा पोख्रेल संग ३ बर्ष अगाडी चौथो विवाह गरेका ओझा विरुद्ध केहि समय अगाडी पोख्रेलले डिभोर्स फाइल दर्ता गरिसकेकी छिन्।

प्रतिक्रिया दिनुहोस्