जंगली च्याउ खाँदा उदयपुरमा १२ जना विरामी
काठमाडौं, साउन ५ । उदयपुरमा छुट्टाछुटै स्थानमा जंगली विषालु च्याउ खाँदा १२ जना विरामी भएका छन्।
त्रियुगा नगरपालिका(९ राजाबासमा एक परिवारका ५ जना र कटारी नगरपालिका(४ सिसाघारीका दुई परिवारका ७ जना गरी १२ जना बिरामी भएका हुन्।
जंगली विषालु च्याउ खाएर राजावासका ४० वर्षीय चित्रबहादुर दनुवार, उनकी श्रीमती ३८ वर्षीया फूलमााया दनुवार, छोरा २० वर्षीय अनिश, ११ वर्षीय मनिस र १७ वर्षीया रबिना दनुवार बिरामी परेका छन्।
यस्तै, कटारी सिसाघारीकी ३५ वर्षीया टंककुमारी दनुवारले जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खादाँ टंक कुमारीसहित छोराहरु १४ वर्षीय अनिश, ११ वर्षीय महेन्द्र र ९ वर्षीया छोरी सुजिता दनुवारका बिरामी भएका जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिर बहादुर बुढामगरले बताए।
टंककुमारीका छिमेकी २० वर्षीया गंगाकुमारी तामाङ, १९ वर्षीया लक्ष्मी तामाङ र १७ वर्षीया समिता तामाङ समेत बिरामी भएको एसपी बुढामगरले बताए।
उनीहरुले शनिबार जंगलबाट ल्याएर च्याउ खाएका थिए। अहिले बिरामी सबैको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्