कक्षा १२ को नतिजा सार्वजनिक हुने मिति तोकियो, कहिले आउछ ?

काठमाडौँ, साउन ४ । राष्ट्रिय परिक्षा बोर्डले लिएको कक्षा १२ को परिक्षाको नतिजा सार्वजनिक गर्ने मिति तय गरेको छ ।

बोर्डले २०७६ बैशाख १५ गतेदेखि २६ गतेसम्म संचालित कक्षा १२ को नतिजा साउन तेस्रो साता सार्वजनिक गर्ने भएको छ ।

विभिन्न केन्द्रमा सम्परिक्षणको काम धमाधम भैरहेको र डाटा इन्ट्री र रुजु गर्ने काम समेत भैरहेको राष्ट्रिय परिक्षा बोर्डका एक अधिकारीले बताएका छन् ।

नतिजा तेस्रो साता या अन्तिम साता गर्ने गरि काम भैरहेको छ, सबै विषयको नतिजा एकै साथ सार्वजनिक गर्ने ती अधिाकरीले बताए ।

प्रतिक्रिया दिनुहोस्