केन्याका डान्सबारमा पुर्याइएका १२ नेपाली युवतीलाई स्वदेश फर्काइयो
काठमाडौं, साउन ३ । मानव तस्करको गिरोहमार्फत अफ्रिकी राष्ट्र केन्याका डान्सबारमा र्पुयाइएका १२ नेपाली युवतीलाई स्वदेश फर्काइएको छ।
अन्तर्रा्ष्ट्रिय आप्रवासी संगठन – आईओएमको सहयोगमा उनीहरुलाई नेपाल फर्काइएको नेपाल प्रहरीको मानव बेचनविखन अनुसन्धान ब्युरोले जनाएको छ।
उनीहरुलाई आफन्तको जिम्मा पनि लगाइएको छ। नेपालबाट ल्याइएका युवतीलाई यौनदासी बनाइएको भन्दै केन्याका सञ्चार माध्यमले समाचार प्रकाशित गरेका थिए।
स्थानीय प्रहरीले नेपाली युवतीलाई यौनदासी बनाउने ‘मालिक’लाई पक्राउ गरी कारबाही गरिरहेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उद्धार गरिएका नेपाली युवतीमध्ये विभिन्न मितिमा उनीहरुलाई भारतको बाटो हुँदै अफ्रिका र्पुयाइएको पाइएको छ।
उनीहरुलाई आदिसाअबाबा(मुम्बासा हुँदै केन्या र्पुयाइएको र डान्सबारमा काम लगाउने बहानामा यौन गतिविधिमा लगाइएको पाइएको छ।
नेपाली युवतीलाईअवैध मार्ग हुँदै केन्या र्पुयाउने गिरोहको पहिचान र खोजी भइरहेको ब्युरोले जनाएको छ। यस्ता कायौं नेपाली चेली मानव तस्करको गिरोहमार्फत विभिन्न देशमा पुग्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्