९ दिनपछि सञ्चालनमा आयो मध्यपहाडी राजमार्ग

काठमाडौं, साउन ३ । अविरल वर्षाका कारण जताततै खसेको पहिरोले अवरुद्ध रहेको मध्यपहाडी राजमार्ग शुक्रबारदेखि एकतर्फी सञ्चालनमा आएको छ। बाढी र पहिरोका कारण एक साताभन्दा बढी अवरुद्ध रहेको मध्यपहाडी राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आएको स्थानीयले जनाएका छन्।

गत असार २६ गतेदेखि अवरुद्ध राजमार्ग शुक्रबारबाट खुलेको स्थानिय ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए।

राजमार्ग खुलाउन दैनिक लागि परेका हौं, शुक्रबारदेखि एकतर्फी रुपमा राजमार्ग खुलेको छ, उनले भने। राजमार्गको विभिन्न स्थानमा ठुला पहिरो गई अवरुद्ध भएको राजमार्ग शुक्रबार बिहानबाट सञ्चालनमा आएको थियो। मध्यपहाडी राजमार्ग्स्थित खुर्कोट घुर्मि सडक खण्डमा जताततै पहिरो जाँदा पुर्वी पहाडी जिल्लाका सवारीहरु काठमाडौं आवतजावत गर्न सकेका थिएनन्।

गत असार २४ गते बेलुकादेखि सोमबारसम्म परेको अविरल वर्षाका कारण मध्यपहाडी राजमार्गको ठाँउठाँउमा ठुला पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो।

राजमार्ग अवरुद्ध हुँदा खोटाङ ओखलढुङगा, सोलुखुम्बु लगायतका पहाडी जिल्लाबाट मध्यपहाडी राजमार्ग हुदै आवातजावत गर्ने सवारीका साधन नचलेपछि यात्रुहरु हिडेरै यात्रा गर्न बाध्य भएका थिए।

प्रतिक्रिया दिनुहोस्