सेवाग्राहीको काममा ढिलाइ गर्ने कर्मचारीलाई कडा कारबाही गर्न सांसदहरुको माग

काठमाण्डौ , साउन ३ । सेवाग्राहीको काममा ढिलाइ गर्ने कर्मचारीलाई कडा कारबाही गर्न प्रतिनिधिसभाका सांसदहरुले माग गरेका छन् ।

उनीहरुले सेवाग्राहीको काममा ढिलाइ गर्ने कर्मचारीलाई कडा कारबाही गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनीहरुले यस्तो माग गरेका हुन् ।

प्रतिनिधिसभाका सांसदद्वय झपट रावल र देवेन्द्रराज कँडेलले सेवाग्राहीको काममा ढिलाइ गर्ने कर्मचारीलाई कडा कारबाही हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद समेत रहेका रावलले बैठकमा सेवाग्राहीको काममा ढिलाइ गर्ने कार्मचारीलाई दण्ड सजायको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले सेवाग्राहीको काम समयमा नगरे त्यसको क्षतिपूर्ति सम्बन्धित कर्मचारीबाट असुल गर्ने कानुनी व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद कँडेलले कर्मचारीहरुलाई आफ्नो दायित्व पूरा नगरे कारबाही गर्ने कानुनी व्यवस्था नभएकै कारण देश भ्रष्टाचारको दलदलमा फसेको टिप्पणी समेत गरे ।

उनले कर्मचारीहरुले आफ्नो जिम्मेवारी सहज ढंगले पूरा नगरे कडा कारबाहीको व्यवस्था गरिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्