राप्रपा केन्द्रीय समिति बैठक आजबाटः निर्वाचनको समिक्षा र पार्टीको आगामी कार्यदिशा तय गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आजबाट बस्दैछ । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको हारको समिक्षा गर्न राप्रपाले केन्द्रीय समिति बैठक बोलाएको हो ।

काठमाडौंमा तीन दिनसम्म चल्ने बैठकमा अध्यक्ष कमल थापाले समसामयिक र राजनीतिक परिस्थितिको विश्लेषण र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेस गर्ने सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो । बर्तौलाका अनुसार बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समिक्षा र पार्टीको आगामी कार्यदिशा तय गर्नेछ ।

यस्तै बैठकमा महामन्त्री जयन्त चन्दले सचिवालयसम्बन्धी तथा कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन प्रस्तृत गर्ने कार्यसूची रहेको छ । सत्तारुढ दल राप्रपा प्रतिनिधिसभा समानुपातिकतर्फ खसेको मतको तीन प्रतिशत पुर्याउन नसक्दा राष्ट्रिय पार्टी बन्नबाट बञ्चित भएको छ ।

यता, कार्यसमपादन समिति सदस्य दिलनाथ गिरीलाई भने केन्द्रीय समिति बैठकमा बोलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्