बुद्धको मूर्ति तोडफोड हुँदैमा हाम्रो धार्मिक सहिष्णुता खलल हुँदैन ! घटनाको छानविन हुँदैछ: मन्त्री बास्कोटा

काठमाडौं, साउन २ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले रुपन्देहीमा भगवान गौतम बुद्धको मूर्ति तोडफोड घटनाको छानविन भइरहेको बताएका छन्। छानविनपछि घटना कसले किन गरायो भन्ने कुरा खुल्दै जाने उनले बताए ।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बाँस्काटाले एक ठाउँमा बुद्धको मूर्ति तोडफोड हुँदैमा धार्मिक सहिष्णुतामा खलल नपुग्ने पनि उनले दाबी गरे।

बुद्धको मूर्तिहरु तोडफोड गरेको घटनाप्रति यतिबेला चर्को विरोध भइरहेको छ ।

धार्मिक, सांस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजित रुपमा घटना घटाइएको टिप्पणी गरिएको छ ।

साथै घटनाको छानविन गरी दोषीलाई यथाशिघ्र कानुनी कारवाही पनि माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्