१ लाख ७५ हजार घुससहित २ जना कम्युटर अपरेटर पक्राउ
काठमाडौं, साउन २ । प्रहरीले सडक डिभिजन कार्यालय दमौलीका कम्युटर अपरेटर २ जना लाई घुससिहत पक्राउ गरेको छ ।
डिभिजन कार्यालयका कम्युटर अपरेटर प्रकाश पौडेल र वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही सेवाग्राहीबाट १ लाख ७५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका हुन् । उनीहरुले कार्यकक्षमै सेवाग्राहीसँग बार्गे्निङ गरेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराबाट पुगेको टोलीले उनीहरुलाई कार्यालय परिसरबाटै पक्राउ परेको हो ।
कम्युटर अपरेटर पौडेलसँग सेटिङ मिलाएर कन्सल्टेन्सीका शाहीले बिचौलियाको भूमिका निभाएका थिए । सडकको भुक्तानी दिने सन्दर्भमा उनीहरुले घुस मागेको अख्तियारको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
घुस मागेको सूचनाका आधारमा अख्तियारको टोली कार्यालय पुगेको थियो । पक्राउ परकोमाथि थप अनुसन्धान अगाडि बढाइएको अख्तियारका सूचना अधिकारी मेघनाथ रिजालले बताए ।
प्रतिक्रिया दिनुहोस्