स्वास्थ्य मन्त्रालयले पठायो बाढी प्रभावित क्षेत्रमा औषधी , ३ ठाउँमा चिकित्सकको टोली पनि !

काठमाडौँ, साउन १ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा औषधी पठाएको छ ।

बाढी प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्य उपचारको लागि यूनिसेफको सहयोगमा झण्डै १० हजार नागरिकलाई पुग्ने आवश्यक औषधी पठाइएको मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइ प्रमुख चूडामणि भण्डारीले जानकारी दिए ।

यो औषधी रौतहट, सर्लाही र सिरहा क्षेत्रको लागि पठाइएको हो । बाढी प्रभावित क्षेत्रमा झाडापखाला, सर्पदंश ,रुघाखोकी, ज्वाँरो, डेङगूको लागि आवश्यक औषधीहरु रहेका छन् ।

बाढी प्रभावित क्षेत्रमा स्थानीय र प्रदेश अन्तर्गत औषधी व्यवस्थापनको काम भइरहेपनि थप सहजताका लागि संघबाट ३ ठाउँमा चिकित्सकको टोली र औषधी पठाइएको प्रमुख भण्डारीले बताए ।

अहिलेसम्म कति नागरिकले उपचार पाए र कस्ता—कस्ता रोग फैलियो भन्ने बारेमा भने शुक्रबारसम्म रिर्पाेट आएपछि जानकारी हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्