साढे दुई हजार कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाण्डौं , साउन १। राष्ट्रिय सतर्कता केन्द्रले गएको आर्थिक वर्षमा दुई हजार ५६५ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ ।

केन्द्रले समयपालना नगर्ने एक हजार ९६१ र तोकिएको पोशाक नलगाउने ६०४ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले जानकारी दिनुभयो ।

केन्द्रले गएको आर्थक वर्षमा ५२ जिल्लाका ९८० कार्यालयमा अनुगमन गरेको थियो । यसैगरी ९४० कार्यालयमा नागरिक वडापत्र नराखिएको र राखिए पनि नदेखिने गरी राखिएको पाइएको छ ।

केन्द्रले आर्थिक वर्ष २०७४र७५ मा ५४ जिल्लाका एक हजार १४० कार्यालयमा अनुगमन गर्दा समयपालना नगर्ने एक हजार ७०३ र तोकिएको पोशाक नलगाउने ६१४ जना कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्