गृहमन्त्रीद्वारा बाढी प्रभावित प्रदेश २ को अवलोकन, जनाए तत्काल पुनर्निर्माण थाल्ने प्रतिबद्धता

काठमाडौँ , साउन १ । गृहमन्त्री रामबहादुर थापा बादलले हालै देशका विभिन्न ठाउँमा आएको बाढी तथा डुबानका कारण प्रभावित भएको क्षेत्रको अवलोकन गरेका छन् ।

गृहमन्त्रीसहितको टोलीले प्रभावित क्षेत्रको अवलोकन गरेको हो ।

गृहमन्त्री थापाले थापाले चाँडै सरकारले तत्कालै पुनर्निर्माण सुरु गर्ने बताएका हुन् ।


मन्त्रीहरुसहितको टोली लिएर रौतहट पुगेका गृहमन्त्री थापाले उद्धारकको काम लगभग सकिएकाले अब पुनर्निर्माण तथा पुनर्स्थापनाको काम अघि बढाउने बताएका हुन् ।

बाढी तथा डुबान प्रभावित प्रदेश नम्बर २ का जिल्लाको अवलोकन क्रममा उनले तत्काल पुनर्निर्माणको काम थाल्ने बताएका छन् ।

अनुगमनका लागि गएको टोलीमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, मन्त्रीहरु उपेन्द्र यादव, रघुवीर महाशेठ, वर्षमान पुन, कृषि राज्यमन्त्री रामकुमारी चौधरी, विकास समिति सभापति कल्याणी खड्का तथा रौतहटका सांसद प्रभु साह सहभागि रहेको थिए ।

प्रतिक्रिया दिनुहोस्