बाढीले देशभर अवरुद्ध विद्युत सेवा साउन १ देखि सञ्चालन हुन्छ : ऊर्जामन्त्री पुन

काठमाडौं , असार ३१ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री वर्षमान पुनले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध विद्युत सेवा बुधबारसम्म सबै ठाउँमा सञ्चालन गर्ने गरि काम भइरहेको बताएका छन् ।


मन्त्री पुनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन देशभर अवरुद्ध भएको विद्युत सेवा साउन १ गते सम्म सञ्चालन भइसक्ने बताए ।

साथै उनले कुलेखानी जलविद्युत आयोजनाको पानीको सतह नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको पनि बताए ।

बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न भागमा विद्युत आपूर्ति नै बन्द हुन पुगेको बताउदै मन्त्री पुनले ती सबै समस्या बुधबारसम्ममा समाधान हुने गरी काम भइरहेको जनाए ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले रानी–जमरा–कुलरिया सिञ्चाई आयोजनाको हालसम्म ८ किलोमिटर मूल नहर निर्माण कार्य सम्पन्न गरिएको पनि जनाएको छ ।

मन्त्री पुनले बाढी र डुबान हुन नदिन सरकारले नदी नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको पनि बताए ।

नदी नियन्त्रण आपत्तकालीन कार्यका लागि नदी नियन्त्रणका क्षेत्रका काम गर्ने १५ वटा आयोजनाहरुलाई तयारी अवस्था राखिएको मन्त्री पुनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्