नेपाल एपिएफ स्कुलमा गुरु पूर्णिमा कार्यक्रम सम्पन्न, एथलेटिक्स विजेता यादवलाई सम्मान

काठमाडौं, ३१ असार । नेपाल एपिएफ स्कुलले असार शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमाको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेकोे छ ।

मंगलबार किर्तीपुरस्थित स्कूलाको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा वि.स.२०७३ सालको एस.ई.ई. परीक्षामा नेपाल एपीएफ स्कूलबाट उत्कृष्ट अङ्क प्राप्त गरी उत्तीर्ण भएका तथा तेस्रो एसियाली युथ एथलेटिक्स प्रतियोगिता ३००० मि.दौडका विजेता अजित कुमार यादवलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक कबिन्द्रमान श्रेष्ठले प्रशंसा–पत्र सहित नगद पुरस्कारले सम्मान गर्नु भएको छ ।


सो कार्यक्रममा विद्यालयका प्रधानाचार्य अज बहादुर के.सी., विद्यालय समादेशक समेनन्द बज्रचार्य, सहायक प्रधानाचार्य, शिक्षक शिक्षिकाहरु, सशस्त्र प्रहरी कर्मचारीहरु, भूतपूर्व विद्यार्थीहरु र कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा स.प्र.ना.म.नि.कविन्द्रमान श्रेष्ठले उपस्थित सम्पूर्ण विद्यालय परिवारप्रति गुरु पूर्णिमाको शुभकामना व्यक्त गर्नुका साथै सम्मानित विद्यार्थी अजित कुमार यादवलाई उत्तरोक्तर प्रगतिको कामना समेत व्यक्त गर्नुभयो ।


कार्यक्रममा कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्नुका साथै शिक्षक शिक्षिकाहरु तथा खेल प्रशिक्षकहरु र आयाहरुलाई गुरु सम्मान स्वरुप मायाको चिनो प्रदान गर्नुका साथै शिक्षक शिक्षिकाहरुलाई रोमाञ्चक खेल खेलाई उत्कृष्ट शिक्षक तथा खेल प्रशिक्षकलाई उपहार समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्