बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या ६९ पुग्यो, ३० जना अझै बेपत्ता

काठमाण्डौ , असार ३१ । सरकारले बाढी, पहिरो र डुबानबाट भएको क्षतीको विवरण संकलन सुरु गरेको छ ।

देशका विभिन्न विभिन्न स्थानमा आएको बाढीपहिरोबाट अहिलेसम्म ६९ जनाको ज्यान गएको राष्ट्रिय आपतकालीन कार्यसंचालन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ३० जना अझै पनि हराइरहेका छन् भने ४३ जना घाइते भएका छन् । १ हजार ४ सय ४६ जनाको उद्धार गरिएको छ ।

अहिलेसम्म क्षतिको यकिन तथ्यांक नआएको केन्द्रका प्रमुख वेदनिधी खनालले बताए ।

अब क्षतीको विवरण संकलनसँगै राहत वितरण, पुनर्लाभ र पुनःस्थापनाको काम हुने उनले जानकारी दिए । यस्तै, समान राहत वितरणको लागि एकद्वार प्रणाली लागू हुने पनि उनले जानकारी दिए ।

बाढी पहिरो प्रभावितले आफ्नो वडा कार्यालयमा राहतको लागि माग गर्न सक्नेछन् । त्यसका लागि पालिकाहरुले छुट्टै संयन्त्र पनि बनाउने केन्द्रले जनाएको छ ।

साथै उद्घार तथा राहतको कामलाई प्रभावकारी बनाउन बनाउन संघ, प्रदेश र स्थानीय तहका निकाय क्रियाशील रहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्