बैंकका काउन्टर राति अबेरसम्म खोल्न निर्देशन
काठमाडौं, ३१ असार । आज आर्थिक वर्षको अन्तिम दिन आर्थिक कारोबार धेरै हुने गर्दछ । यसले गर्दा सरकारले असार मसान्त अर्थात् मंगलबार राति अबेरसम्म बैंकका काउन्टर खुला राख्न निर्देशन दिएको छ । राजश्व संकलन हुने र भुक्तानी दिने बैंकका काउन्टर राति अबेरसम्म खोल्न निर्देशन दिइएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
असारे विकासको लागि दैनिक ७/८ अर्ब रुपैयाँसम्म निकासी भैरहेको अवस्थामा सरकारले मसान्तको दिन रातिसम्म बैंकका काउन्टर खुला राख्न निर्देशन दिएको छ । त्यस्तै, राजश्व संकलन पनि लक्ष्य अनुसार नभएकोले राजश्व केही बढ्ने आसमा सरकारले रातिसम्म काउन्टर खुला राख्न निर्देशन दिएको हो ।
प्रतिक्रिया दिनुहोस्