पुँजीगत खर्चमा मात्र होइन, राजस्व लक्ष्यमा पनि चुक्यो सरकार

काठमाडौं, असार ३१ । चालु आर्थिक वर्षमा पुँजीगत खर्च गर्न नसकेर आलोचना खेप्दै आएको दुई तिहाईको बलियो सरकार राजस्व असुलीमा पनि लक्ष्य भेट्टाउन चुकेको छ ।

चार वर्षअघिको भूकम्प र त्यसपछिको भारतीय नाकाबन्दीमा समेत लक्ष्यअनुसार राजस्व असुली भएको थियो । तर, अहिलेको बलियो सरकारको राजस्व असुलीको तस्वीर सबैभन्दा कमजोर देखिएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा आठ खर्ब ३१ अर्ब रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेका थिए । चालू आव सकिनु तीन दिनअघि (असार २८) सम्ममा सरकारले ६ खर्ब ८९ अर्ब रुपैयाँमात्र राजस्व असुली गरेको छ । यो लक्ष्यको करिब ८३ प्रतिशतमात्र हो ।

प्रतिक्रिया दिनुहोस्