एपीएफ स्कूलको अन्तर–सदनात्मक कविता वाचन प्रतियोगिता सम्पन्न

काठमाडौं, २९ असार । २०६औं भानु जयन्तीको अवसरमा नेपाल एपिएफ स्कूलले कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुको सहभागितामा अन्तर–सदनात्मक कविता वाचन प्रतियोगिता सम्पन्न गरेको छ ।
आइतबार काठमाडौंको किर्तिपुर स्थित स्कूलको बहुउदेशिय हलमा प्रधानाचार्य अज बहादुर के.सी., निमित्त विद्यालय समादेशक अशोक न्यौपाने, सहायक प्रधानाचार्य युवराज पराजुली, शिक्षक शिक्षिकाहरु तथा सशस्त्र प्रहरी कर्मचारीहरु र कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुको सहभागितामा अन्तर सदनात्मक कविता वाचन प्रतियोगिता सम्पन्न भएको हो ।

सो प्रतियोगितामा चार सदनहरुबाट जम्मा ३२ जना प्रतियोगीहरु सहभागी रहेका थिए, भने प्रतियोगितामा शान्ता अधिकारी अर्याल, छोटेलाल चौधरी र कविता अर्यालले निर्णायकको भूमिका निर्वाह गरेका थिए । उक्त कार्यक्रममा सम्पूर्ण विद्यार्थीहरुलाई भानुभक्तको जीवनी र उनका कृतिहरुको बारेमा चर्चा गरिएको थियो ।

प्रतियोगिता निलो सदनले सञ्चालन गरेका थिए, भने उक्त सदनका उन्नती मलासी र संगित राउत कार्यक्रम संचालकका रुपमा रहेका थिए । कार्यक्रममा प्रथम, द्धितिय तथा तृतिय भएका निम्न विद्यार्थीहरुलाई विद्यालयका प्रधानाचार्य अज बहादुर के.सी.ले बधाई तथा ज्ञापन व्यक्त गर्नुभएको थियो ।

प्रतियोगितामा सिनियर तर्फः सुश्रीता कुईकेल प्रथम (रातो सदन), आशिष रोकाय द्धितिय (पहेलो सदन) र आयुष देवकोटा तृतिय (रातो सदन) विजेता बनेका छन् ।

त्यस्तै जुनियर तर्फः मिलन खत्री प्रथम (हरियो सदन),कञ्चन रिमाल द्धितिय (हरियो सदन) र अप्सन कोईराला तृतिय (हरियो सदन) भएका थिए ।

प्रतिक्रिया दिनुहोस्