भारतसँग सीमा जोडिएका जिल्लामा सधै डुवानको समस्या : दुई पक्षीय वार्ता गरेर डुवान रोक्न राष्ट्रिय जनमोर्चाको माग

काठमाडौँ, असार २९ । भारतीय पक्षले निर्माण गरेका भौतिक संरचना हटाउन दुई पक्षीय वार्ता गर्न राष्ट्रिय जनमोर्चाल माग गरेको छ ।

वर्षायाममा भारतसँग सीमा जोडिएका जिल्लामा सधै डुवानको समस्या आउने भन्दै मोर्चाले यस्तो माग गरको हो ।

अध्यक्ष चित्र बहादुर केसीले आइतबार विज्ञप्ति जारी गर्दै गत केही दिनदेखि देशमा परिरहेको अविरल वर्षाका कारण तराईका धेरै ठाउँ डुबान र पहाडी भेगमा बाढी पहिरो जाँदा जनधनको क्षेती भएको उल्लेख छ ।

‘तराईमा प्रायजसो वर्षाकालमा यस प्रकारले डुबान हुने गर्दछ । यस प्रकारको डुबान नेपाल भारत सिमा–दसगजा नजिकै भारतीय पक्षबाट निर्माण गरेका बाँध वा यस्तै प्रकारका संरचनाहरुले गर्दा डुबान हुने र धेरै जनधनको नोक्सानी हुने गरेको छ ।

त्यस्ता संरचना अन्तराष्र्टि«य नियमविरुद्ध हुने गरी भारतले निर्माण गरेको छ । भारतसँग यस विषयमा तत्काल दुई पक्षीय वार्ता गरी ती संरचनाहरु हटाउन हामी नेपाल सरकारसँग जोडदार माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

जनमोर्चाले विपदमा परी मृत्यु भएका परिवार तथा बाढी पहिरोबाट पीडित जनसमुदायलाई छिटोभन्दा छिटो उद्दार तथा राहत उपलब्ध गराउन राज्यसँग माग पनि गरेको छ ।

त्यस्तै यस दुःखद घडीमा पीडित जनताहरुलाई सहयोग गर्न आफ्नो पार्टीका सम्बन्धित क्षेत्रका सबै समिति, सदस्य र आम जनसमुदायहरुलाई पनि अनुरोध गरेको छ ।

भारतसँग सीमा जोडिएका जिल्लामा सधै डुवानको समस्याहुने गर्दछ । भारतले आफ्नो तिरको बाँध नखोल्दा तराइका जिल्लामा वर्षेनी बाढीले बताउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्