भानुजयन्तीः सूर्योदय आवासीय माध्यमिक विद्यालयले गर्यो कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मान (फोटोसहित)

कठमाडौं, असार २९ । सूर्योदय आवासीय माध्यमिक विद्यालयले कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मानित गरेको छ ।

सूर्योेदय भानु प्रतिष्ठानले २०६औँ भानुजयन्तीको अवसरमा विशेष समारोहको आयोजना गरी यस वर्षको सूर्योदय स्रष्टा सम्मानबाट वरिष्ठ कलाकार श्रेष्ठलाई सम्मानित गरेको हो ।


श्रेष्ठलाई रु. १५००१।– (पन्ध्र हजार एक रुपैयाँ) नगद तथा दोसल्ला र सम्मानपत्र बाट सम्मानित गरिएको हो । विद्यालयले यसभन्दा अगाडि पनि विभिन्न स्रष्टाहरूलाई सम्मानित गर्दै आएको छ ।

साथै कार्यक्रममा फोटो पत्रकारिताका माध्यमबाट सामाजिक जागरण ल्याउन सफल फोटो पत्रकार राजेन्द्र चित्रकारलाई पनि दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको छ ।

सूर्योदय एजुकेशन फाउण्डेशनले यस वर्ष एसईई उत्तीर्ण गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई पनि सम्मान गरेको छ, जसमा परीक्षामा सर्बोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सबिना पकुवाल र सम्झना भट्टराई लगायत रहेका छन् ।

यसैगरि नेपाली, समाजिक र स्वास्थ्य जनसंख्या तथा वातावरण विषय शिक्षकहरू क्रमश : दुर्गा दाहाल, सुरेश भट्ट र अर्जुन गिरी पनि नगद तथा प्रमाणपत्रद्वारा सम्मानित भएका छन् ।

समारोहमा फाउण्डेशनका अध्यक्ष लक्ष्यबहादुर केसीले बधाई तथा शुभकामना व्यक्त गदै आगामी दिनमा पनि विद्यालयले यस्तै सम्मानित कार्यक्रम गर्र्ने बताए ।

सूर्योदय एजुकेशन फाउण्डेशनद्वारा वि.सं. २०५२ सालमा आदिकवि भानुभक्त आचार्यको नाममा सो पुरस्कार स्थापित भएको हो ।

प्रतिक्रिया दिनुहोस्