बाढी पहिरोका कारण मकवानपुरका विद्यालयहरु ३ दिनका लागि बन्द

काठमाडौं, असार २९ । बाढी पहिरोका कारण मकवानपुरका विद्यालयहरु तीन दिनका लागि बन्द गरिएको छ ।

भिमफेदी गाउँपालिका र हेटौंडा-५ का सम्पूर्ण विद्यालयहरु तीन दिनका लागि बन्द गरिएको विद्यालयले जनाएको छ ।

लगातकारको वर्षाका कारण बाढी, पहिरो र डुबानका कारण भिमफेदी गाउँपालिकाको सबै वडाका विद्यालय र हेटौंडा-५ का सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरिएको हो ।

भिमफेदी गाउँपालिकाभरिका विद्यालयहरु आइतबारदेखि मंगलबारसम्मका लागि बिदा दिइएको फिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए ।

विद्यालय सञ्चालन गर्दा पनि विद्यार्थीहरु बाढी, पहिरोका कारण आउन नसक्ने अवस्था भएकाले तीन दिन सम्मका लागि बिदा दिइएको हो ।

अहिले खहरे खोलाहरु बढेर तर्न नसक्ने अवस्था भएपछि बिदा दिनुपरेको लामाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्