बाढीपहिरो अपडेटः काठमाडौंमा ३ सहित मुलुकभर मृत्यु हुनेको संख्या ११ पुग्यो , ८ भन्दा बढी बेपत्ता

काठमाडौं, असार २७ । बिहीबारदेखि सुरु भएको अविरल वर्षाका कारण ११ भन्दा बढीको ज्यान गएको छ भने ८ भन्दा बढी बेपत्ता भएका छन्।

काठमाडौंको मुलपानीमा ढिस्को खसेर घर भत्कँदा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३५ वर्षीया शर्मिला यादव उनका १० वर्षीय छोरा कुन्दन र मितु यादव छन्। बारा घर भएका उनीहरु मुलपानी बस्दै आएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले बताए।

गृह मन्त्रायका अनुसार काभ्रेमा हजुरआमा र नातिनीको मृत्यु भएको छ। यस्तै ललितपुर, सिन्धुली, पर्सा, धादिङ, सुनसरी र महोत्तरीमा मा एकएक जनाको मृत्यु भएको छ।

काभ्रेको बनेपास्थित नालामा पहिरोले घर भत्काउँदा एकै परिवारका दुईको मृत्यु भएको हो। मृत्यु हुनेमा ५० वर्षकी गोमा दंगाल र ७ वर्षीया सोहनी दंगाल छन्। घटनामा ३० वर्षीय सुशीला दंगाल र तीन महिनाकी बालिका अनुष्का दंगाल रहेको काभ्रेका एसपी जयराम सापकोटाले बताए।

ललितपुर र सिन्धुलीमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने पर्सामा डुबेर एक जनाको मृत्यु भएको छ।

खोटाङमा पहिरोमा परी ३ जना बेपत्ता भएका छन्।

उता, जनकपुर(महोत्तरीको रातो खोलामा आएको बाढीले आज बिहान एक वृद्धलाई बगाएको छ। बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातो खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीलाई उद्धृत गर्दै नेपाल लाइभ सहकर्मी अजय शाहले जानकारी दिएका छन्।

काठमाडौं, मोरङ, सुनसरी र पाँचथरमा पनि एकरएक जना बेपत्ता भएको समाचार प्राप्त भएको छ।

विभिन्न ठाउँमा ४ सय घरपरिवार विस्थापित भएका छन्।

प्रतिक्रिया दिनुहोस्