आँप लिएर आउँदै गरेको भारतीय ट्रकमा तोडफोड तथा आगजनीको प्रयास


काठमाडौं, असार २६ । चितवनमा भारतीय ट्रकमा तोडफोड भएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको तरकारी तथा फलफूल थोक बजारमा आँप ल्याएको भारतीय ट्रकमा आज बिहान आगजनीको प्रयास भएको हो ।

बिहान करीब ३ बजेतिर आँप लिएर बजार क्षेत्रमा प्रवेश गरेको यूपी ४१ एटी २६९१ नम्बरको मालबाहक ट्रकमा तीनजना युवाले तोडफोड गर्नुका साथै आगजनीको प्रयास गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

स्कुटरमा आएका ती युवाले गाडीको अगाडिको सिसा फुटाएका छन् भने, पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेको फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।

सलाइ ओसिएर नबलेपछि उनीहरु भागेको स्थानीयको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले घटनाबारे अनुसन्धान र दोषीको खोजी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्