छविले ’कानको जाली फुट्ने गरी’ कुटेपछि शिल्पा प्रहरीको शरणमा पुगेको खुलासा

काठमाडौं, असार २५ । अभिनेत्री शिल्पा पोखरेलले आफ्नै श्रीमान् अर्थात् निर्माता छवि ओझाविरुद्ध प्रशासनमा उजुरी दिनुको रहस्य खुलेको छ।

छविले कानको जाली फुट्ने गरी कुटपिट गरेपछि शिल्पा शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेपछि यो रहस्य बाहिरिएको हो।

शिल्पा अहिले आफूले दाइ मान्दै आएका फोटोग्राफर विकास रौनियारको घरमा आराम गरिरहेकी छन्। उनले प्रशासनमा उजुरी दिएको खबर चौतर्फी फैलिएपछि यसबारे बुझ्न उनको फोनमा सम्पर्क गर्दा विकासकी श्रीमती एवं फिल्म निर्देशक सम्झना उप्रेती रौनियारले फोन उठाइन्।

‘शिल्पा अहिले फोनमा बोल्न नसक्ने अवस्थामा छिन्, त्यसैले मैले फोन उठाएकी हुँ,’ उनले भनिन्, ‘छविजीसँग उहाँको १५ दिनअघि नै झगडा भएको हो। छविजीले कानमै असर पुग्नेगरी पिट्नुभएछ। त्यसैले राम्रोसँग कान सुन्न सकिरहेकी छैनन्।’

झगडा १५ दिनअघि भए पनि शिल्पाले प्रशासनमा तीन दिनअघि उजुरी दिएको उनले बताइन्। ‘हिजो सामान्य छलफल भएको थियो, आज उहाँ (छविजी) सन्चो नभएको कुरा आयो, अब भोलिको छलफलले केही कुरा टुंगिएला,’ निर्देशक रौनियारले भनिन्।

प्रतिक्रिया दिनुहोस्