मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको संख्या बढ्दै, अहिले सम्म २२ पुग्यो, क–कसले जनाए प्रतिबद्धता ?

काठमाडौं, असार २५ । मर्जरमा जान प्रतिबद्धता जनाउने बैंक तथा वित्तीय संस्थाको संख्या बढ्दै जान थालेको छ ।

राष्ट्र बैंकका अनुसार असार २३ गतेसम्म २२ वटा बैंक तथा वित्तीय संस्थाले मर्जरको प्रतिवद्धता लिखित रुपमा बुझाएका छन् ।

यसमा १७ वटा क वर्गका बैंक अर्थात बाणिज्य बैंकहरुले प्रतिबद्धता बुझाएका छन् भने तिनवटा विकास बैंक (ख वर्ग) र दुइवटा लघुवित् कम्पनी रहेका छन् ।

राष्ट्र बैंकले मौद्रिक नीति अगाडि प्रतिवद्धता ल्याउन भनेपछि बैंक तथा वित्तीय संस्थाले धमाधम प्रतिबद्धता बुझाइ रहेका छन् ।

प्रतिवद्धता बुझाउने बाणिज्य बैंकहरुमा एनएमबी बैंक, सनराइज बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, लक्ष्मी बैंक, एनसीसी बैंक, सानिमा बैंक, सिभिल बैंक, माछापुछ्रे बैंक, सेञ्चुरी कर्म्सियल बैंक, नेपाल एसबिआइ बैंक, ग्लोबल आइएमइ बैंक, जनता बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआइसी एसिया बैंक, हिमालयन बैंक, कुमारी बैंक, मेगा बैंक रहेका छन् । यीनीहरुमा ग्लोबलर जनताले एमओयू समेत गरिसकेका छन् ।

यस्तै बैंकास बैंकहरुमा साँग्रिला डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, सहयोगी विकास बैंक छन् । सिटिजन्स र सहयोगीले एमओयु गरिसकेका छन् ।

यस्तै नेपाल माइक्रोफाइनान्स बैंकस एसोसिएसन र महिला सहयात्र विकास बैंक जस्ता दुई लघुवित्तले पनि मर्जरमा जान प्रतिबद्धता जाहेर गरेका छन् । अहिले बैक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा मर्जरको प्रतिवद्धता बुझाउने क्रम धमाधम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्