अब डीआईजीलाई प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी
काठमाडौँ, असार २५ । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी)लाई प्रदेश प्रहरीको प्रमुख हुने भएका छन् ।
राज्य व्यवस्था समितिले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा सरकारले अगाडि सारेकै प्रस्तावमा सहमति जुटेको हो ।
यसअघि पूर्वगृहमन्त्री एवं नेकपा नेता जनार्दन शर्माले एआईजीलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्