प्रतिनिधिसभामा आज पनि विपक्षी सांसदहरुद्वारा नाराबाजी, बैठक स्थगित
काठमाडौँ , असार २४ । कांग्रेस र राजपाका सांसदहरुले विरोध जनाएपछि आज पनि प्रतिनिधिसभको बैठक बस्न सकेन ।
विपक्षी सांसदहरुले नाराबाजी गरेपछि प्रनिनिधिसभाको आजको बैठक पनि स्थगित भएको छ । बैठक सुरु भएलगत्तै कांग्रेस र राजपाका सांसदहरुले उभिएर विरोध जनाएका थिए ।
सभामुख महराले नयाँ कुरा सुनाउने भन्दै बस्न आग्रह गरे तर विपक्षी सांसदहरुले माननेन् । विपक्षीको विरोधका बावजुत सभामुख महराले सदनको कारबाही अगाडि बढाएपछि सांसदहरु रोष्टम घेराउ गर्न पुगे ।
नाराबाजीकै बीच सभामुख महराले प्रतिनिनिधिसभाका सचिव गोपालनाथ योगीलाई विभिन्न विधेयकबारे राष्ट्रियसभाबाट प्राप्त सन्देश सुनाउन अनुमति दिए ।
सचिव योगीले उक्त सन्देश सुनाइसकेपछि सभामुख महराले अर्काे बैठक असार ३० गते दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको घोषणा गरे ।
प्रतिक्रिया दिनुहोस्