फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा फेरि पल र पूजाको जोडिलाई देख्न पाइने

काठमाडौं , असार २४ । फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको जोडि रहने पक्का भएको छ । यस अघि पनि ‘म यस्तो गीत गाउँछु’मा शाह र शर्मा कै जोडि रहेको थियो ।


‘म यस्तो गीत गाउँछु २’ को शुभ मुर्हत सोमबार बिहान मनकामना मन्दिरमा भएको छ ।


सुदर्शन थापा प्रोडक्सनमा बन्ने यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्ने भएका छन् ।

दुई वर्ष अगाडी प्रदर्शनमा आएको ‘म यस्तो गीत गाउँछु ‘ फिल्मले व्यापारिक रुपमा सफल पाएको थियो। अहिलेको फिल्मले पनि सफलता हात पार्ने टिमको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्