कर्णाली सरकारले स्थानीय पाठ्यक्रम बनाउने

काठमाडौं, असार २४ । कर्णाली सरकारले स्थानीय पाठ्यक्रम बनाउने भएको छ ।

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कर्णालीमैत्री पाठ्यक्रम निर्माण गर्ने भएको हो ।

पाठ्यक्रम निमार्णका लागि आर्थिक वर्ष २०७६र७७ मा मन्त्रालयले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

सरकारले कर्णालीका विद्यार्थीले रैथाने भाषा, कला–संस्कृति प्राकृतिक र ऐतिहासिक सम्पदाका बारेमा ज्ञान हासिल गरुन् भन्ने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माणमा जोड दिएको हो।

सामाजिक विकासमन्त्री दल रावलले पाठ्यक्रम निर्माण गरिँदा आफ्नो भूगोल, समुदाय र संस्कृतिलाई प्राथमिकतामा राखिने बताए।

उनले खस भाषाको जननी कर्णालीमै उक्त भाषा लोप हुन थालेकाले पाठ्यक्रम निर्माण गर्ने योजना अघि सारेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्