तरकारीको विषादी परीक्षण प्रकरणमा मन्त्री यादवले मागे माफी


काठमाडौं, २३ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव यतिखेर ठूलो विवादमा फसेका छन् । अधिकांश कार्यकाल विवाद नै रहंदै आएको मन्त्री यादव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरेपश्चात विवादमा फसेको हुन् ।

विवाद बढ्दै गएपछि पत्रकार सम्मेलन नै गरेर आफूलाई सचिव र कर्मचारहरुले सफाएको प्रतिक्रिया दिएका छन् । मन्त्री यादवले पूर्वाधार भए नभएको नहेरी भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरेको विषमा माफी मागेका हुन् । उनले सचिवहरुले आफूलाई डुबाएको आरोप समेत लगाए ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले भने, ‘प्रधानमन्त्री कार्यालय, कृषि र आफ्नै मन्त्रालयका चार सचिवले मलाई डुबाए, निर्णय गर्ने बेला मलाई गुमराहमा राखे ।’
कसको दवावमा निर्णय फिर्ता लिन वाध्य गरियो भन्ने प्रश्नमा उनले भने, ‘ प्रधानमन्त्री वा अरु कसैको पत्र वा दबावमा निर्णय फिर्ता लिइएको होइन ।

पूर्वाधारको तयारी नभएकाले यस्तो निर्ण गरेको हो । ’ मन्त्री यादवले पूर्वाधार नभई निर्णय गर्नु आफ्नो गल्ती भएको भन्दै माफी मागे । ‘सचिवहरुले मलाई भन्दै भनेनन् । पूर्वाधार नभइ निर्णय गर्नु मेरो गल्ती थियो । सबै जिम्मा म लिन्छु’ उनले भने, ‘म जनतालाई विषादी खान दिने छैन । अहिलेलाई गल्ती भयो । माफी माग्छु । अब मलाई थप्पड हानेर तपाईंहरुलाई सन्तोष मिल्छ भने हान्नुस् । यसको लागि म तयार छु । ’

मन्त्री यादवको् निर्णय फिर्ता सगै भारतबाट आउने तरकारीको विषादी परीक्षण गर्ने कार्यमा सरकार एक कदव पछाडि हटेको छ ।

प्रतिक्रिया दिनुहोस्